२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चितवनमा जेसीज राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ। नारायणगढ लेडी जेसीजको आयोजनामा जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा हुन लागेको प्रतियोगिता यही मंसिर पाँच गतेदेखि नौँ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

खेलकुदको माध्यमबाट महिला सशक्तीकरणलाई जोड दिनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिइन्। प्रतियोगिताको प्राविधिक सहयोग चितवन फुटबल संघले गरेको छ। २०७८ सालदेखि सुस्त रहेको घरेलु महिला फुटबललाई चलायमान बनाउनको लागि यस प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने चितवन फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए।

प्रतियोगितामा चितवन ११, अभिशेक चर्च रजहर, गैँडाकोट खेलकुद समिति, बागमती गाउँपालिका मकवानपुर, रौतहट जिल्ला फुटबल संघ, गोकणेश्वर नगरपालिका काठमाडौँ, अलस्टार स्पोर्ट ऐकेडेमी धनगढी, बागमती युवा क्लब सलार्ही गरी आठ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगितामा विजेता हुने टिमले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: २२ कार्तिक २०८० १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App