२ मंसिर २०८१ आइतबार
image/svg+xml

एमाले बाजुरामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास,संघमा मिल्ने संकेत,प्रदेशमा सकस

शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास थालेकोले जिल्ला कमिटीको बैठक दोस्रो दिन फेरि सुरु भएको छ। एकैदिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका थिए।

एमालेको चेतावनीः संसदको कार्यकाल लम्ब्याउने हर्कत नगर्नू

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। अब काठमाडौँ र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं। त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप।'

एमाले तनहुँद्वारा उम्मेदवार सिफारिस

एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत

प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको हो।

जन्मदिनको अवसरमा भट्टराईले गरे असक्त विद्यार्थीलाई आर्थिक सहयोग

नेकपा एमालेका सचिव तथा प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत शारीरिक रुपले असक्त विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।

पार्टी एकताको कुराले नेकपा एस छाड्ने बढे

स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन्।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

प्रदेशसभाको प्रत्यक्षतर्फ एमालेबाट चुनाव लड्न क्रमशः एघार र पाँच जनाको दावेदारी

प्रदेश १ (क) र १ (ख) गरी प्रदेशसभाको प्रत्यक्षतर्फ नेकपा एमालेबाट चुनाव लड्न क्रमशः ११ र ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेशसभा १ (क) मा ११ जना र १ (ख) मा ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।

झापा-५ बाट ओलीको उम्मेदवार सिफारिस

झाप ५ का एमाले इञ्चार्ज होम थापाका अनुसार क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।

एमाले बाजुराले आज उम्मेदवार छान्दै, सर्वसम्मतको सम्भावना न्यून

मंसिर ४ को संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमाले बाजुराका शिर्ष नेताहरु जिल्ला केन्द्रीत बनेका छन्।

माओवादीसँग एकता नगर्न नेकपा एसभित्र दबाब

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच पार्टी एकता प्रक्रिया सुरु भएको भनिए पनि तत्काललाई रोकिएको छ।

मोरङका ६ वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस

आज लेटाङमा बसेको क्षेत्रीय कमिटीको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, सांसद् घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेल, अग्नी भट्टराई र रुद्रबहादुर तामाङको नाम सिफारिस भएको हो।

नेकपा एमालेबाट रौतहटका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

क्षेत्रीय समितिहरुबाट निर्णय भइ आएको र जिल्ला कार्य समितिले पनि रौतहटका सबै संसदीय निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको नामको टुंगो लगाई सिफारिस गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्