२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जन्मदिनको अवसरमा भट्टराईले गरे असक्त विद्यार्थीलाई आर्थिक सहयोग

नेकपा एमालेका सचिव तथा प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत शारीरिक रुपले असक्त विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।  

गृहजिल्ला ताप्लेजुङमा रहेका भट्टराईले मैवाखोला ५ फाकुम्बाका जीवन लिम्बूलाई अध्ययनका लागि २० हजार रुपैयाँ र एकवर्षको कोठाभाडाबापत २४ हजार रुपैयाँ प्रदान गरेका हुन्।  

भट्टराईले हरेक वर्ष जन्मदिनको दिन विपन्न, असहाय तथा पीडितलाई सहयोग गर्दै आएको उनको सचिवालयले जनाएको छ। आगामी दिनमा समेत जिवनको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।  

जीवन पाथीभरा बहुमुखी क्याम्पसमा विएड तेश्रो वर्षमा अध्ययनरत रहेका छन्। उनी शारीरिक रुपमा अशक्त रहेका छन्। भट्टराईले विगत आठ वर्ष देखि जन्म दिनको अवसरमा आर्थिक सहयोग प्रदान गर्दै आएका छन्। यसअघि एसिड आक्रमण पीडित मुस्कान खातुन लगायतलाई पनि सहयोग गरेका थिए। उनको जन्म वि।स २०२३ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा भएको थियो।

प्रकाशित: २१ भाद्र २०७९ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App