६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेशसभाको प्रत्यक्षतर्फ एमालेबाट चुनाव लड्न क्रमशः एघार र पाँच जनाको दावेदारी

प्रदेश १ (क) र १ (ख) गरी प्रदेशसभाको प्रत्यक्षतर्फ नेकपा (एमाले)बाट चुनाव लड्न क्रमशः ११ र ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेशसभा १ (क) मा ११ जना र १ (ख) मा ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्।

प्रदेशसभा १ (क) मा प्रदेश सांसद बलबहादुर साम्सोहाङसहित सन्तोष खतिवडा, महेशकुमार गुरागाँई, देउमान बिष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँवाले दावेदारी प्रस्तुत गरेका छन्।

प्रदेशसभाको १ (ख) तर्फ प्रदेश सांसद होमकुमारी साँवासहित गोपाल थोप्रा, मणिशंकर पोमू, त्रिबेणी चोङ्वाङ र चित्रगुप्त साँवाले दावेदारी प्रस्तुत गरेका छन्।

प्रकाशित: २० भाद्र २०७९ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App