२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

बंगलादेशी बलिङ प्रशिक्षकले राजीनामा दिने

आफ्नो टोलीका खेलाडीद्वारा भएको ‘टाइम आउट’ को घटनाबारे आलोचना गरेपछि बंगलादेशका तीव्र गतिका बलिङ प्रशिक्षक एलन डोनाल्डले पदबाट राजीनामा दिने भएका छन्।

पलेशासहित प्रशिक्षकलाई सम्मान

चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।

बलात्कार आरोपित दुई जना कराँतेका प्रशिक्षक दोषी ठहर

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरू विराटनगर –४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको कात्तिक १५ गतेको इजलासले दोषी ठहर गरेको हो।

बिश्व प्रशिक्षक कोर्समा सहभागी हुन चार प्रशिक्षक कोरिया प्रस्थान

कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ बिश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरिया तर्फ प्रस्थान गर्नेभएका छन्।

स्थानीय तह र शिक्षकको खिचातानीले गिजोलिँदै शिक्षा विधेयक

५२ वर्षपछि सरकारले ल्याउन तयारी गरेको विद्यालय शिक्षा विधेयक २०८० अझै कहिले पूर्णता पाउने बारे अन्योल बन्दै गएको छ ।

नेपाली चलचित्र इमान्दार शिक्षकको कथा ‘कौसीद’

केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे। यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ। यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ।

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन्।

शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो: गाउँपालिका महासङ्घ

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाएकी छन्।

शिक्षक महासङ्घसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन्।

चिकित्सकहरू एका बिहानै काठमाडौं हिँडेपछि बिरामीहरू अलपत्र

वीपी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेपछि बिरामीहरू अलपत्र परेका छन्।

शिक्षकसँगको सहमति लागु गर्न ३५ अर्ब

सरकार र शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन गर्न थप ३५ अर्ब बढी रकम आवश्यक पर्ने भएको छ।

आज विश्व शिक्षक दिवस

‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ मूल नाराका साथ यस वर्षको शिक्षक दिवस मनाइँदैछ।

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्।

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजान सरकार सहमत

सरकार र आन्दोलनरत राहत शिक्षकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिअनुसार ४० हजार राहत शिक्षक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री अशोककुमार राईको उपस्थितिमा यस्तो सहमतिमा हस्ताक्षर भएको हो।

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

शुक्रबार दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएको हो। सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्