७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

शिक्षक महासङ्घसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन्।

यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाको समय ९आज दिउँसो ४ सम्म०  समय दिइएको थियो। संशोधनमा यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरुको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ।सांसदले संयुक्त र एकलरुपमा  एक सय ५० संशोधन दर्ता गराएका छन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजसम्म संशोधनका लागि समय दिइएकाले यकिन विवरण प्राप्त नभए पनि प्रक्रियागतरुपमा आएका संशोधनलाई एकीकृत गरी प्रस्तुत गरिने जानकारी दिए।

सरकारले संसद्मा विधेयक दर्ता गरेपछि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गरेसँगै भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरेका थिए।

विधेयकमाथि असोज १९ गतेको बैठकमा सैद्धान्तिक छलफलमा सांसदले भाग लिएका थिए। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेगरी कार्यसूचीमा समावेश गरिएको छ।

प्रकाशित: २४ आश्विन २०८० १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App