२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

झापाबाट ओलीले भने: आगजनी गर्नेहरूको सरकार छ, कारबाही गर्ने समय आउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई आगजनी गर्नेको सरकार भनेर टिप्पणी गरेका छन्। बुधवार गृह जिल्ला झापामा भदौ २४ गतेको विध्वंसमा जलेका संरचनाको अवलोकन गर्न पुगेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन। त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो,’ ओलीले भने, ‘तर, सरकार उनीहरूकै हो सायद। कारबाही भएको छैन।’ 

आगजनी गर्नेलाई अपराधी करार गर्दै ओलीले कारबाहीको समय आउने उनले बताए। उनले भने,‘समय आउँछ, कारबाही गर्ने समय आउँछ। देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ।’

प्रकाशित: ७ माघ २०८२ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App