२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च

विपन्न तथा गरिब लक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत सरकारले आर्थिक सहयोग गर्नु विडम्बना भएको सीता सदा बताउँछिन्।

सरकारी राहत : असहाय भोकै,खाद्यान्न नष्ट

गत बैशाखमा खरिद गरेर ल्याईएको उक्त खाद्यान्न वडाकै स्टोर कक्षमा राखियो । झण्डैै बर्ष दिन पुग्नै लाग्दा किरा पर्न थाले । अनि दाल सहित म्याद गुज्रिएका तेल नष्ट गरियो । ‘बीस किलो जति दालमा किरा पर्न थाले,अनि खान लायकनै नहुने भएपछि दाल नष्ट गर्यौँ,’ वडा कार्यालयका प्राविधिक केशव आचार्यले भने ‘तेल पनि केहि नष्ट भयो ।’ उनका अनुसार तेल स्टोर कक्षमै पोखिएर नष्ट समेत भैसकेको थियो ।

एसओएसले व्यवसायका लागि ४५ परिवारलाई दियो ५० हजार

वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडाकी कोपिला विक नौ वर्षको हुँदा बुवाको मृत्यु भयो। चार कक्षामा पढ्दै गरेकी उनले कमाउनका लागि स्कुल छोड्नु पर्‍यो। उनीपछि दुई बहिनी थिए। बुवा बितेको दुई वर्षमै आमाले अर्को विवाह गरिन्। सानै उमेरमा उनीमाथि दुई बहिनीको पालनपोषण र शिक्षा–दीक्षाको जिम्मेवारी पनि आइलाग्यो।

मजदुर परिवारलाई दोस्रो चरणको ‘दैनिक उपभोग्य सामग्री’ वितरण सुरु

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दोस्रो चरणको दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा वितरण गरिएको सामग्री सकिएकाले दोस्रो चरणमा केही थप परिवारसहितलाई कुपन दिन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचीकृत भएका परिवारलाई आइतबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो ।

मजदुरी गर्ने परिवारलाई उपभोग्य सामग्री वितरण

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ। गाउँपालिकाले सूचीकृत भएका परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो।

गर्मीले जनजीवन प्रभावित

टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपूर्ण बनेको छ । रौतहटको सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि जनजीवन नै अस्तव्यस्त भएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मीले खासगरी ज्यालामजदुरी र खेतीकिसानी गर्नेहरू अत्यधिक मारमा परेका छन् । गर्मीका कारण ‘लु’ लाग्ने र बाटामा मानिस बेहोश हुनेजस्ता समस्यासमेत देखिएको छ ।

सीपले सक्षम भुजेल समुदाय, बासको चिन्ता

पति कहिलेकाहीँ ज्याला, मजदुरीका लागि बाहिर गए पनि अरू समय सुकमायासँगै पुख्र्यौली सीपको काम गर्छन्।

इँटाबाट महिनामा लाख !

सामान्य इँटा पार्ने मजदुरी गरेर महिनामा एउटा परिवारले कति पैसा कमाउला ? १० हजार, ३० हजार, ४० हजार अथवा बढीमा ५० हजार ! तर भक्तपुरमा इँटा पार्ने दुईजनाको एउटा परिवारले महिनामा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ।

एउटा धराप जिन्दगी

(नाम्दु) दोलखा - खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्।

मजदुरी गर्न कालापहाड जानेको लर्को

बाजुरा बुढीनन्दा नगरपालिका–९ का ४७ वर्षीय परजीते रोकाया दुई दशकदेखि मजदुरी गर्न भारत जाने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्