२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एक महिनापछि जुम्लाबाट हत्यारा पक्राउ

असोज १७ गते नौवस्ता–७ सुतैयामा हत्या गरिएका १७ वर्षीय सुवास शाहीको हत्यामा संग्लन मुख्य आरोपित जुम्लाबाट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार जुम्लाको महत गाउँमै पुगेर शाही हत्यामा संग्लन दिनेश महतलाई पक्राउ गरेको हो।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ।

अवैध कलबाइपास आरोपमा सिंह पक्राउ

रहरीले भारतीय नक्कली नोटको कारोबारमा अन्तर्राष्ट्रिय माफिया दाउद इब्राहिमको प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरेका रविराज सिंह अवैध कलबाइपास आरोपमा पक्राउ परेका छन्।

कुख्यात माफिया दाउद इब्राहिमका नेपाल सहयोगी पक्राउ

प्रहरीले जाली भारतीय नोटको कारोबारमा अन्तरार्ष्ट्रिय कुख्यात माफिया दाउद इब्राहिमको प्रत्यक्ष सम्पर्कमा रहेको दाबी गरेका रबिराज सिंह अवैध कलबाईपासमा पक्राउ परेका छन्।

तरहरा गोलीकाण्डका तीन अभियुक्त पक्राउ

पुरानो रिसइबी साँध्न धनकुटा चानुवाका खयर व्यापारी तोर्णबहादुर पौडेलमाथि दुई दिन अघि गोली प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मंगवबार बिहान ३ः४५ बजे इटहरी–२४ तरहराको भोजपुरे होटलमा बास बसेका चानुवा–५ का ५१ बर्षीय पौडेलमाथि संखुवासभा वानाका काठ व्यापारी बद्री रिजालको योजनामा गोली प्रहार गरेको खुलेको हो।

बबरमहलमा खुकुरीले हान्ने पक्राउ

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा ड्युटीमा खटिएका सेक्युरिटी गार्डहरुबीच आपसमा झगडा हुँदा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मुखर्जी अाउँदा विरोध गरेको अभियोगमा ६ जना पक्राउ

भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका क्रममा विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भ्रष्ट्राचारविरोधी अभियान्ता शारदा भुसाल झा, गे्रटर नेपालका अध्यक्ष फडिन्द्र नेपाल सहित छन्।

मुखर्जी भ्रमणको रिपोर्टिङ गर्न गएका पत्रकार पक्राउ

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण रिपोर्टिङ गर्न गएका पत्रकार लोकराज जैशीलाई प्रहरीले पक्राउ गरेको छ। समाचार संकलनका क्रममा प्रहरीले अभद्र व्यवहार गरी पक्राउ गरेको क्रान्तिकारी पत्रकार महासंघले जनाएको छ।

जुवा खालबाट ८ लाख रूपैयाँसहित २७ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ ।

चार वर्षीया जबर्जस्ती गरेको आरोपमा पक्राउ

महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।

तिहार मान्न घर अाएका लागू औषधका फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले लागू औषधको मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। लागू औषधको मुद्दामा फरार रहेका चन्द्रपुर नगरपालिका– ९ का ३२ वर्षीय प्रमोद सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

रेडपाण्डाको छालासहित पक्राउ

दुर्लभ रेडपाण्डाको छालासहित दाङमा एक व्यक्ति पक्राउ परेका छन्। शुक्रबार बेलुका रेडपाण्डाको छाला बिक्रीका लागि लुकाएर लैजाँदै गरेको अवस्थामा रोल्पा मिरुल १ का दीपक बुढामगरलाई क्षेत्रीय प्रहरी अनुसन्धान नेपालगन्जको टोलीले भालुवाङबाट नियन्त्रणमा लिएको हो।

नक्कली एटिएमबाट पैसा झिक्ने बुल्गेरियाली ठमेलबाट पक्राउ

काठमाडौँ- नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

घरमा लुकाएको २५ हजार थान पटाका सहित एक पक्राउ

काठमाडौँ महानगरपालिका–७ चावहिल गणेशस्थान डेरा गरी बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–७ का ३५ बर्षीया आयुशा कानुलाई प्रहरीले २५ हजार थान पटाका सहित बिहीबार पक्राउ गरेको छ।

जासुसीको आरोपमा पक्राउ परेका पाकिस्तान उच्च आयोगका कर्मचारी रिहा

जासुरी गरेको अभियोगमा दिल्ली क्राइम ब्रान्चले नियन्त्रणमा लिएको दिल्लीस्थित पाकिस्तान उच्च आयोगको एक कर्मचारीलाई हिरासत मुक्त गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले बिहबार एक प्रेस विज्ञप्ति जारी गर्दे पक्राउ गरिएका महसुद अख्तरलाई डिप्लोम्याटिक इम्युनिटीको आधारमा छोडिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्