६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘एक महिनाभित्र ५५ लाख डोज खोप’

नेपालले चीनसँग किन्न लागेको थप ४० लाख डोज खोप दुई साताभित्रै नेपाल आउने भएको छ। नेपाल वायुसेवा निगमले खोप लिन जाने तालिका आइतबार सार्वजनिक गरिसकेको छ।

‘भेरोसेल’ खोपको दोस्रो डोज आजदेखि, काठमाडौंका यी अस्पतालमा गएर लगाउन सकिन्छ खोप

काठमाडौं महानगरपालिकाले ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ। गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो।

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ। गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो।

खोपबिना व्यवसाय असम्भव: पर्यटन व्यवसायी

सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे।

असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुँदै

लामो प्रयासपछि कपिलवस्तु पूर्ण खोप जिल्ला हुने भएको छ। जिल्लामा रहेका १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेपछि आउँदो असार २३ गते कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा हुने निश्चित भएको हो।

दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा

कोभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ।

असार २४ देखि चिनियाँ खोप आउने

नेपालले चीनबाट खरिद प्रक्रिया सम्झौताअनुसार यही असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीलाई खोपको अवरोध

संयुक्त अरब इमिरेट्स र कुवेतले रोजगारीका लागि आफ्नो मुलुक प्रवेश गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् भने साउदी अरेबिया, ओमान, बहराइन पनि सोही बाटोमा अघि बढेको व्यवसायीले बताएका छन्।

खोप अन्तर्राष्ट्रियताका लागि शिखर सम्मेलन

हालको दरमा कम आय भएका देशहरू सबैलाई पूर्णरूपले खोप लगाउन ५७ वर्ष प्रतीक्षा गर्नुपर्नेछ।

मेराे नेतृत्वको सरकार बनेपछि पहिलो निर्णय खोप: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमाबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए।

असारभित्रै चीनबाट थप खोप आउने

लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए।

खोपको व्यवस्था नभए अर्थतन्त्र थप धराशयी

आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको बताए। अब भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकाले सरकार त्यसमा केन्द्रित हुनुपर्ने शेर्पाले बताए।

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ।

घान्द्रुकका व्यवसायी भन्छन्ः खोप नपाएसम्म पाहुनालाई सेवा दिन्नौ

पाहुनाको आउजाउ बढ्दा कोरोनाको संक्रमणको जोखिम झनै बढ्ने भन्दै पोखराका पर्यटन व्यवसायीले यसअघि नै कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनालाई सेवा दिन नसक्ने बताईसकेका छन । पोखरेली व्यवसायीले खोप नपाएसम्म सेवा नदिने बताईरहेका बेला अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको महत्वपूर्ण गन्तव्यका पर्यटन व्यवसायीले पनि खोपबिना सेवा नदिने निर्णय गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्