६ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रपतिको खोप कूटनीति तत्काल आउने सम्भावना न्यून

राष्ट्रपति भण्डारीले खोप उत्पादक मुलुकहरूलाई सम्बोधन गर्दै खोप उपलब्ध गराउन आग्रह गरेको लामो समय बितिसक्दा पनि सम्बन्धित मुलुकहरूले भने तत्कालै खोप उपलब्ध गराउने कुनै संकेत गरेका छैनन्।

गरिब राष्ट्रमा खोपको चरम अभाव: डब्लुएचओ

संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस एलवार्डले हाससम्म कोभ्याक्स सुविधाअन्तर्गत १३१ देशमा ९ करोड डोज खोप उपलब्ध गराइए पनि विश्वभर फैलिइरहेको भाइरसबाट जोगाउन यो मात्रा अत्यन्त कम रहेको बताएका हुन्।

खोइ खोप ?

अझै पनि संक्रमण दर २० प्रतिशतकै हाराहारीमा छ। संक्रमण दर ५ प्रतिशतमा नपुगेसम्म अझै खतरनाक स्थिति रहन्छ। यो बेलामा सरकारले बन्दाबन्दी खुला गरिदिए पनि सर्वसाधारणले स्वास्थ्य मापदण्डमा ख्याल गरेर जीविका चलाउनु नै अहिलेका निम्ति उत्तम विकल्प हो।

पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चकाे अन्तरिम आदेश

सरकारले खोप लगाउन सुरु गरेका बेला पत्रकारहरुलाई जोखिमयुक्त समुहमा राखेर खोप लगाउने व्यवस्था गरेको थियो। अहिले भने पत्रकारहरुलाई उक्त समुहबाट हटाइर खोपमा प्राथमिकता दिएको छैन

चीनले लगायो कोराेनाविरुद्धको एक अर्ब डोज खोप

चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ।

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई खोप

ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन्।

एक करोड डोज खोप ल्याउने कुरा भाषणमै सीमित

दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले खोप दिने जानकारी नदिएको बताएका छन्।

फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउन माग गर्दै सर्बोच्चमा रिट

फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्राथमिकता दिन माग गर्दै सर्बोच्च अदालतमा बिहीबार रिट दायर भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले बिहिबार रिट दायर गरेका हुन्।

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने

गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो। स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले भनेः ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको ४० लाख डोज खोप ल्याउने तयारी रहेको बताएका छन्।

व्यवसायीलाई खोपमा प्राथमिकता दिन महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको एक प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई भेटेर अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/ श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।

बागमती प्रदेश: ५७ अर्ब ७२ करोड बजेट सार्वजनिक,काेराेना विरुद्धको खोप प्राथमिकतामा

प्रदेशसभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजित बजेट सार्वजनिक गरेको हुन्। कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको छ। कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको मन्त्री ढुंगेलले बताए।

सबै पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न माग

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो कखोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो।

अपांगता भएका व्यक्तिलाई खोपमा प्राथमिकता दिन माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

जिल्लामा हालसम्म पनि अपांगता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकतामा नराखिएकाले अब आउने खोपमा अपांगता भएका व्यक्तिलाई समावेश गर्न माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्