२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अपांगता भएका व्यक्तिलाई खोपमा प्राथमिकता दिन माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाउँदै तस्बिरः हिमनाथ/नागरिक

रसुवा अपांग पुर्नस्थापना केन्द्र नेपालले अपांगता भएका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्लामा हालसम्म पनि अपांगता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकतामा नराखिएकाले अब आउने खोपमा अपांगता भएका व्यक्तिलाई समावेश गर्न माग गरेको हो।  

केन्द्रका सचिव सरस्वती थापा र केन्द्रका सल्लाहकार तथा राष्ट्रिय अपांग महासंघका संघीय सदस्य प्रतिमा लामाले प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको हो। ‘हरेक विपद् झैँ यो महामारीमा अपाङ्गता भएका व्यक्तिहरु उच्च जोखिममा भएका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कोभिड बिरुद्घको खोप प्रदान गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई पहिलो प्राथमिकताका साथ उपलब्ध गराउन स्वास्थ्य कार्यालयमा सिफारिस साथ अनुरोध गरिदिनु हुन अनुरोध गर्दछौ’, विज्ञप्तीमा भनिएको छ।’

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जिल्ला स्तरीय निर्णय गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखि खोप उपलब्ध गर्ने व्यवस्थाका लागि ध्यानाकर्षण सहित अनुरोध गरिएको कार्यक्रम अधिकृत छिरिङ लामाले बताए । प्रमुख जिल्ला अधिकारी ढकालले अब आउने खोपमा अपांगता भएका व्यक्तिलाई समेटिने बताएका छन्।  

प्रकाशित: १ असार २०७८ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App