४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्न खोपकार्ड अनिवार्य

कोभिड १९ को संक्रमण तीब्ररुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी मन्त्रालयले सो निर्णय गरेको हो।

कोरोनाविरुद्ध खोप अभियान चलाउने अवधारणा

खोप अभियान प्रभावकारी बनाउने थप योजना तय गर्न आउँदो माघ ५ गते स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरुसँगको समन्वय बैठक समेत गर्ने निर्णय भएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

कोरोना भाइरसको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन घातक नभए पनि कतिपय कमजोर प्रतिरक्षा क्षमता भएकालाई यसले असर गर्न सक्छ । ओमिक्रोनको जोखिमबाट जोगिन सरकारले सबैलाई खोप दिनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् ।

खोप संङ्कीर्णताले खति

खोपमा विभेद र असमानताकै कारण आज अफ्रिकाबाटै नयाँ भेरियन्टको जन्म भएको छ। ओमिक्रोनले आज गरिब देशलाई त दुःख दिइरहेको छ नै। धनी देशलाई पनि छाडेको छैन।

भण्डारमा १ करोड १३ लाख डोजः पुस मसान्तको लक्ष्य पूरा नहुने

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।

६ हजार बालबालिकालाई खोप

रुकुम (पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।

खोप एकाधिकार तत्काल अन्त गर

फाइजर, मोर्डना र बायोएनटेक कम्पनीले कोभिड–१९ खोपबाट प्रत्येक सेकेन्डमा १ हजार अमेरिकी डलर मुनाफा लिने गरेका छन्।

खोप लगाउन सरकारको आग्रह

काठमाडौँ र ललितपुरमा ११/११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ।

जुम्लामा बालबालिकालाई खोप

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ।

कोभ्याक्स सुविधाअन्तर्गत ७७ लाख बढी खोप प्राप्त

कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म ६० लाख ३९ हजार डोज कोभिसिल्ड र १६ लाख ८६ हजार डोज मोडेर्ना खोप नेपालले प्राप्त गरिसकेको हो। कोभ्याक्स सुविधाअन्तर्गत ती खोप २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म नेपालमा आपूर्ति भइसकेका छन्।

‘कोभोभ्याक्स’लाई मान्यता

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले भारतको सेरम इन्सिच्युटद्वारा उत्पादन गरिएको कोभोभ्याक्स खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

खोप हिमालतिर, बालबालिका सहरतिर

कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उक्लिँदा खोप लगाउने समूह भने सहरतिर झरेका छन्।

हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाए

आज हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरिएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका करिब ३९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको हो।

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै यहाँका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्