६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

भण्डारमा १ करोड १३ लाख डोजः पुस मसान्तको लक्ष्य पूरा नहुने

सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।

बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छैन’, उनले भने।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेकोे संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।

सोमबार ५ लाख ८३ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। विगतको तथ्यांक पनि समावेश भएकाले सोमबारको तथ्यांक धेरै देखिएको हुन सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी बताउँछन्।

अहिलेको दरले पुस मसान्तको लक्ष्यमात्र होइन, चैतको लक्ष्य पनि पूरा हुन नसक्ने उनको अनुमान छ। चैत मसान्तभित्र पूरै जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिने सरकारको लक्ष्य छ। ‘यस्तै तरिकाले हो भने चैत मसान्तभित्र सबैलाई खोप दिने लक्ष्य पूरा हुँदैन’, उनले भने। सरकारले खोप अभियान प्रभावकारी बनाउन नसक्दा जोखिम समूहले बुस्टर डोज पाउने स्थिति नदेखिएको उनको भनाइ छ।

‘समयमै खोप दिन सके मृत्युदर घटाउन सकिन्थ्यो’, मरासिनीले भने। समयमै खोप वितरण, आवश्यक जनशक्ति, बजेट र सामग्रीको उचित व्यवस्थापन नहुनुले खोप अभियान चुस्त गतिमा नबढेको र घोषित समयमै कोभिड १९ विरुद्धको राष्ट्रिय खोप योजना कार्यक्रम पूरा हुन नसक्ने स्थिति रहेको उनको भनाइ छ।

आयात भएको खोप समयमै प्रदेशमा ढुवानी गरे पनि सिरिन्ज, विसर्जन गर्ने भाँडोसमेत समयमै व्यवस्थापन गर्न नसक्नु र खोप अभियानका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्दा स्थानीय तहले समयमै जनशक्ति परिचालन गर्न नसकेको हुन सक्ने डा. मरासिनीको विश्लेषण छ। ‘समयमै वितरण गरी समयभित्रै अभियान पूरा नभएमा खोप प्रयोगबिनै नष्ट हुन सक्छ’, उनले भने।

समयमै खोप वितरण प्रक्रिया नहुनुले सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा हिउँ परेर खोप ढुवानीमा समेत अवरोध हुने देखिएको उनले बताए। अभियानअन्तर्गत पुस मसान्तभित्र पूरै जनसंख्याको ६६ प्रतिशतलाई खोप लगाउने भनिए पनि अहिले १८ वर्ष माथिको उमेर समूहलाई आधार बनाएर तथ्यांक पेस भइरहेको डा. गौतमले बताए।

खोप अभियानमा आवश्यक जनशक्ति व्यवस्थापन र प्रचार नयाँ स्वरूपमा गर्नुपर्नेमा त्यसको कमीले पनि खोप लिनेहरूको दर कम भइरहेको उनले बताए।

‘नयाँ खोपको मात्राअनुसार जनशक्ति र प्रचारको व्यवस्थापन हुन सकेन’, उनले आरोप लगाए। परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले दोस्रो डोजका लागि समेत खोप पर्याप्त रहेको र स्थानीय तहले दोस्रो डोजको खोप अभियान चलाएमा धेरैले खोप लगाउने सम्भावना रहेको बताए।

तर हालसम्म चलेको भेरोसेल र कोभिसिल्ड खोप अभियानअनुसार पहिलो डोज लिएको एकदेखि दुई महिनापछि मात्र अर्को डोज दिन मिल्ने भएकाले १४ दिनमै यो सबै खोप लगाइसक्ने स्थिति देखिँदैन।

गत वर्ष सुरु भएको खोप अभियान कोरोना भाइरसको दोस्रो लहरसँगै पाँच महिना अवरुद्ध भएको जानकारी दिँदै खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले आवश्यक सिरिन्जसमेत रोकिएको अवस्थामा आइपुगेपछि खोप अभियान फेरि सुचारु भएको जानकारी दिए।

शुक्रबारसम्ममा १ करोड ४० लाख ३६ हजार ६ सय ६१ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् भने १ करोड ३ लाख ८४ हजार ८ सय ५१ जनाले पूर्ण मात्रा खोप पाएका छन्।

समयमै खोप वितरण प्रक्रिया नहुनुले सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा हिउँ परेर खोप ढुवानीमा समेत अवरोध हुने देखिएको उनले बताए। अभियानअन्तर्गत पुस मसान्तभित्र पूरै जनसंख्याको ६६ प्रतिशतलाई खोप लगाउने भनिए पनि अहिले १८ वर्ष माथिको उमेर समूहलाई आधार बनाएर तथ्यांक पेस भइरहेको डा. गौतमले बताए। खोप अभियानमा आवश्यक जनशक्ति व्यवस्थापन र प्रचार नयाँ स्वरूपमा गर्नुपर्नेमा त्यसको कमीले पनि खोप लिनेहरूको दर कम भइरहेको उनले बताए।

‘नयाँ खोपको मात्राअनुसार जनशक्ति र प्रचारको व्यवस्थापन हुन सकेन’, उनले आरोप लगाए। परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले दोस्रो डोजका लागि समेत खोप पर्याप्त रहेको र स्थानीय तहले दोस्रो डोजको खोप अभियान चलाएमा धेरैले खोप लगाउने सम्भावना रहेको बताए।

तर हालसम्म चलेको भेरोसेल र कोभिसिल्ड खोप अभियानअनुसार पहिलो डोज लिएको एकदेखि दुई महिनापछि मात्र अर्को डोज दिन मिल्ने भएकाले १४ दिनमै यो सबै खोप लगाइसक्ने स्थिति देखिँदैन ।

गत वर्ष सुरु भएको खोप अभियान कोरोना भाइरसको दोस्रो लहरसँगै पाँच महिना अवरुद्ध भएको जानकारी दिँदै खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले आवश्यक सिरिन्जसमेत रोकिएको अवस्थामा आइपुगेपछि खोप अभियान फेरि सुचारु भएको जानकारी दिए।

शुक्रबारसम्ममा १ करोड ४० लाख ३६ हजार ६ सय ६१ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् भने १ करोड ३ लाख ८४ हजार ८ सय ५१ जनाले पूर्ण मात्रा खोप पाएका छन्।

प्रकाशित: १७ पुस २०७८ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App