३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरिएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका करिब ३९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको हो।

पुस ६ गतेदेखि मोडर्ना खोप दिइने भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए। बैतडीमा ३८ हजार ८ सय १२ बालबालिका उक्त उमेर समूहका रहेका छन्। बालबालिकाहरुलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने बताइएको छ।

जिल्लाभर २ सय ५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। पुस ६ गते सुरु हुने उक्त अभियान पुस ११ गते सम्पन्न हुने जनाइएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलासैनी गाउँपालिकाका विद्यालयमा पुस ६ देखि ८ सम्म, दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ।

प्रकाशित: ५ पुस २०७८ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App