१६ वैशाख २०८१ आइतबार
image/svg+xml

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए।

बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो। प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ।

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।

६ हजार बालबालिकालाई खोप

रुकुम (पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।

जुम्लामा बालबालिकालाई खोप

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ।

हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाए

आज हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरिएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका करिब ३९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको हो।

चौध लाख मात्रा मोडर्ना खोप ल्याइँदै

उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ। बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो। मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्