१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘कोभोभ्याक्स’लाई मान्यता

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले भारतको सेरम इन्सिच्युटद्वारा उत्पादन गरिएको कोभोभ्याक्स खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्ससँग लाइसेन्स लिएर सेरमले उक्त खोप भारतमा उत्पादन गर्न लागेको हो। डब्लुएचओका अनुसार यो खोप कोभ्याक्स सुविधामा आवद्ध खोप हो। निम्न आय भएका देशहरूलाई यो खोप आपूर्ति गरिने तयारी रहेको संगठनले जनाएको छ। संगठनले आपतकालीन प्रयोग अनुमति दिएको यो नवौं खोप हो।

‘नयाँ भेरियन्टको विकास भइरहे पनि गम्भीर बिरामी हुनबाट जोगाउन र मृत्युबाट जोगाउन खोप सबैभन्दा प्रभावकारी माध्यम हो,’ संगठनका सहायक कार्यकारी निर्देशक डा. मारियनगेला सिमाओले भनिन्। विश्वका निम्न आय भएका ४१ देशले आफ्ना १० प्रतिशत जनसंख्यालाई पनि खोप उपलव्ध गराउन सकेका छैनन भने ९८ देशले ४० प्रतिशत जनसंख्यालाई मात्र खोप उपलव्ध गराउन सकेका छन्।

प्रकाशित: ७ पुस २०७८ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App