५ आश्विन २०८१ शनिबार
image/svg+xml

जर्मनीबाट आयो साढे ४१ लाख डोज खोप

जर्मन सरकारले उपलब्ध गराएको खोपमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोर्डनाको र २१ लाख ७६ हजार ६५० डोज जोन्सन एन्ड जोन्सनको छ। खोपको धेरै मात्रा आइसकेको र जोन्सन एन्ड जोन्सनको बाँकी मात्रा शुक्रबारसम्म आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

बुस्टरका लागि पहिल्यै प्रयोग भएका खोप उचित

परिवार कल्याण महाशाखा खोप शाखाले भने अहिलेसम्म बुस्टर डोज लगाउने नभनी ६० वर्षमाथिका र अन्य जोखिम मात्र थप मात्रा दिने भनेको छ।

कोभिड खोप अब सातामा ६ दिन दिइने

उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।

६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोज

विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ।

चौध लाख मात्रा मोडर्ना खोप ल्याइँदै

उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ। बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो। मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ।

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्छ ’

दक्षिण अफ्रिकामा हालै गरिएको एक ल्याब परीक्षणले यो भेरियन्टले फाइजर खोपको प्रभावलाई आंशिक रूपमा छल्ने देखाएको थियो। अनुसन्धानकर्ताले भ्याक्सिनका कारण निर्माण भएको एन्टिवोडिजले भाइरसको नयाँ स्ट्रेनलाई रोक्ने क्षमतामा ह्रास आएको बताएका थिए।

ताप्लेजुङमा करिव ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ।

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।

डेढ महिनाभित्र ६० लाख डोज खोप आउँदै

नेपालले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरी ल्याउने ६० लाख डोज खोपमध्ये यही नोभेम्बरभित्र करिब १५ लाख र बाँकी चरणबद्ध रूपमा आइपुग्ने उनको भनाइ छ।

१८ वर्षभन्दा माथिका सबैलाई खोप

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए।

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।

स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्