८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोज

चिनियाँ कम्पनी सिनोफार्मबाट उत्पादित कोभिड १९ विरुद्धको खोप भेरोसेल लगाएका ६० वर्षमाथिका नागरिकमा एन्टिबडी कमजोर भएको पाइएपछि उनीहरूलाई थप एक डोज खोप दिने निर्णय भएको छ।

खोप सल्लाहकार समितिका सदस्य डा. श्यामराज उपे्रतीका अनुसार विश्व स्वास्थ्य संगठनकोे अध्ययनपछि यस्तो निर्णय भएको हो।

विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ। सोही अनुसार भेरोसेल खोप लिएका ज्येष्ठ नागरिकसहित जोखिम समूहलाई थप एक डोज खोप दिने निर्णय सरकारले गरेको छ।

विश्व स्वास्थ्य संगठनकै नीतिअनुसार नेपालले यो समूहलाई थप एक डोज भेरोसेल खोप दिन लागेको उपे्रतीले बताए। विश्व स्वास्थ्य संगठनको स्वतन्त्र खोप सल्लाहकार समितिले विश्वभरि प्रयोग भएका कोभिड १९ विरुद्धका खोपहरूबाट निर्मित एन्टिबडीबारे अनुसन्धान गरेको थियो।

समितिले निर्देशन दिएपछि संगठनले आफ्ना सदस्य राष्ट्रलाई भेरोसेल खोप लिएका ६० वर्षमाथिकालाई थप एक मात्रा खोप दिन निर्देशन दिएको हो। त्यही निर्देशनअनुसार नेपाल सरकारले यो समूहलाई खोप दिन लागेको खोप शाखा प्रमुख सागर दाहालले बताए।

प्रकाशित: २४ मंसिर २०७८ ००:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App