coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोभिड खोपमा लापरबाहीः प्रतिवेदन

२४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९ विरुद्धको खोप अध्ययन समिति गठन गरेको थियो।

६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोज

विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ।

खोप लगाए पनि हुन्छ संक्रमण

चिकित्सकका अनुसार दुवै डोज लगाए पनि कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ।

जापानबाट आइपुग्यो ३ लाख डोज खोप, कसले पाउँछन् ?

कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई दिएको कोभिड १९ विरुद्धको खोप नेपाल आइपुगेको छ।

खोपको लागि एडिबी र विश्व बैंकसँग हस्ताक्षर गरेको छुः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

खोप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र

नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ।

कोभ्याक्सको थप खोप जेठमा

कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ।

फागुन २ देखि कोभिडविरुद्धको खोप कर्मचारीलाई

सरकारले कोभिड १९ विरुद्धको खोप दोस्रो चरणको खोप फागुन २ देखि अर्को समूहलाई दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरोकारवालाको बुधबार बसेको बैठकले दोस्रो चरणमा सेवा प्रदायक निकायलाई प्राथमिकतामा राखेको हो ।

५५ वर्षमाथिका र दीर्घरोगीलाई फागुन तेस्रो सातादेखि खोप

नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २० प्रतिशत खोप तेस्रो चरणमा ५५ वर्षमाथिका नागरिकलाई दिने तयारी मन्त्रालयले गरिरहेको मन्त्रालयका विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए।

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ।

कोरोना भाइरसः बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

अमेरिकी राष्ट्रपति/निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।

खोप भण्डारण विस्तार गर्न ४ करोड

नेपालले कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि कोल्ड रुम विस्तार तथा मर्मत गर्न लागिरहेको छ। उपत्यकासहित देशभरिका ४७ वटा कोल्ड स्टोरको मर्मत तथा विस्तार गर्न लागेको कोभिड खोप सल्लाहाकार संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्