७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सो खोप हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सचिव डा पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए। उनले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताए। स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो।

प्रकाशित: २५ कार्तिक २०७८ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App