८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनाविरुद्ध खोप अभियान चलाउने अवधारणा

कोरोना विरुद्धको खोप लगाउने कार्यलाई थप प्रभावकारी बनाउन ताप्लेजुङमा दुई प्राथमिक स्वास्थ्य केन्द्र र फुङ्लिङ नगरपालिकाको तोक्मे क्षेत्रमा साप्ताहिक खोप केन्द्र सञ्चालनको अवधारणा अघि सारेको छ।

बिहीबार बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक र प्राथमिक स्वास्थ्य केन्द्र ढुङ्गेसाँघुमा साप्ताहिक रुपमा कोरोना विरुद्धको खोप लगाउने वातावरण सृजनाका लागि क्रमशः सिरिजंगा र मैवाखोला गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार हरेक साताको शनिबार तोक्मेडाँडा क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउने कार्यको सहजीकरणका लागि फुङ्लिङ नगरपालिकालाई अनुरोध गरिएको छ।

कोरोना विरुद्धको खोप पर्याप्त भएर पनि लगाउन आनाकानी गरिरहेकाको अनुमानित तथ्याङ्क र खोप अभियान प्रभावकारी बनाउने थप योजना तय गर्न आउँदो माघ ५ गते स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रशासकीय अधिकृतहरुसँगको समन्वय बैठक समेत गर्ने निर्णय भएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले कोरोना विरुद्धको खोप लगाउन छुट भएकाहरुलाई यथाशीघ्र खोप लगाउन र खोप लगाउने कार्यमा प्रोत्साहित गर्ने वातावरणका लागि क्रियाशील राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन्।

प्रकाशित: २२ पुस २०७८ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App