६ आश्विन २०८१ आइतबार
image/svg+xml

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् ।

बस दुर्घटनामा ३५ घाइते, ४ जनाको अवस्था गम्भीर

केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन्। महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनिबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो।

घाइतेकाे बयान: ओभर लोडका कारण बस पल्टियो

गाडी फेदिमा पुगेपछि पल्टियो। ओरालोमा ब्रेक राम्रोसँग लागेन। ड्राइभरले खलासीलाई ओट हाल्न भने। खलसीले हालेको ओट नाग्दै गाडी पल्टियो। मान्छेहरु धेरैलाई चोट लागेको छ। मेरो हात चल्दैन।

जिप दुर्घटना हुँदा २३ घाइते

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्।

पाकिस्तान : कराची–रावलपिंडी एक्सप्रेसमा विष्फोट, ६५ को मृत्यु

रेल अधिकारीहरुको अनुसार खाना पकाउनलाई प्रयोग गरिने ग्यास विक्ष्फोट भएको थियो। विष्फोट पछि रेलको तीनवटा डिब्बामा आगो लागेको हो। आगलागीमा परेर ६५ यात्रुहरुको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन्।

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।

रक्सी पिएर खुकुरी प्रहार, श्रीमती र आफन्त घाइते

खुकुरी  प्रहार गरेर श्रीमती र पाहुना आएका आफन्तलाई सख्त घाइते बनाएको आरोपमा म्याङलुङ नपा ९ बस्ने बर्ष ५० का रमेश रसाइलीलाई मंगलबार प्रहरीले  पक्राउ गरेको छ।

काठमाडौंमा विद्यालयको ट्रस खस्दा ४० विद्यार्थी घाइते

विद्यालयको ट्रस खसेर ४० विद्यार्थी घाइते भएका छन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्व विद्याकुन्जको ट्रस खसेर विद्यार्थी घाइते भएका हुन्।

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन्।

चितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट भानु नगरपालिका–२  स्थित तल्लो डि गाउँकी बालिका घाइते भएकी छन्। चितुवाको आक्रमणबाट पाल्पामा कार्यरत प्रहरी हल्दार हिम बहादुर अच्छामीको १२ बर्षिय छोरी सोनिया अच्छामी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख (एसपी ) विनोद सिलवालले जानकारी दिए।

मृत बच्चा झिकेर घाइते गर्भवतीको ज्यान बचाइयो

अप्रेसन गरी पेटबाट मृत शिशु निकालेर बडहरे बस दुर्घटनाकी गम्भीर घाइते एक गर्भवती महिलाको ज्यान बचाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्