६ आश्विन २०८१ आइतबार
image/svg+xml

घाइते ८१ जना उपचारपछि घर फर्के

एघारजनाको ज्यान जाने गरी भएको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

बस दुर्घटना अपडेटः मृतक पाँच र घाइते ६७ जनाको सनाखत(नामावलीसहित)

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको थियो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर हो।

दुर्गा मेला हेर्न गएको बेला दुई समूहबीच विवाद, दर्जन बढी घाइते

सिरहामा दुई समूहबीच सामान्य विवादले उग्र रुप लिँदा दर्जन बढी घाइते भएका छन्। सिरहको मैन र नटवा टोल युवा समूहबीच सामान्य विवादले उग्र रुप लिँदा दर्जन बढी घाइते भएका हुन्।

चट्याङले छ घाइते

अविरल वर्षासँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन्। गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको जनाएकाे छ।

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गर्नुभएको छ ।

काठमाडौंबाट छुटेको बस बाँकेकाे सिमानामा दुर्घटना

काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुबाहक बस दाङ र बाँकेको सिमानामा दुर्घटना भएको छ। मध्यपश्चिम यातायातको ना ७ ख ६८४१ नम्बरको बस आइतबार बिहान साढे ८ बजेतिर शिवखोलामा दुर्घटना भएको हो।

ट्याक्टरको ठक्करबाट तीन घाइते

ट्याक्टरको ठक्करबाट खोटाङमा तीन जना घाइते भएका छन्। हलेसीबाट दिक्तेलतर्फ जाँदै गरेको ना ८ ख ७१ नम्बरको ट्रिपरले को १ च ३९८९ नम्बरको भ्यानलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ६५ वर्षीय प्रेमबहादुर दाहाल, २९ वर्षीया मीना श्रेष्ठ र मीना श्रेष्ठ घाइते भएका हुन्।

सहचालकले चलाएको बस दुर्घटना, पाँचजना घाइते

स्थानीय भीम तामाङको अनुसार बस सहचालकले चलाएका थिए। तामाङ आफै पनि बसमा सवार थिए, तर बस सहचालकले चलाएपछि श्रीमतीसहित तामाङ बसबाट केही पहिले ओर्लिएका थिए। ‘दुर्घटनास्थल भन्दा एक किलोमिटर तलै ओर्लिएको थिए’, उनले भने, ‘ओर्लिएको केही बेरमा नै बस दुर्घटनामा परेछ।’

धादिङमा ट्याक्टर दुर्घटना, ९ सडक मजदुर घाइते

धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ९ को ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदाँ ९ जना सडक मजदुर घाइते भएका छन्। शनिबार बिहान ज्यामिरेबाट धादिङबेसीतर्फ आउदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा विहीबार भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ।

विरामी बोकेको एम्बुलेन्स टिप्परसँग ठोक्किएपछि...

एम्बुलेन्स दुर्घटना हुँदा घाइते बनेका खोटाङका एक युवाको अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पतालले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यको अवस्था चिन्ताजनक बनेको हो।

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्