तनहुँ– चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ स्थित तल्लो डि गाउँकी बालिका घाइते भएकी छन्। चितुवाको आक्रमणबाट पाल्पामा कार्यरत प्रहरी हल्दार हिम बहादुर अच्छामीको १२ बर्षिय छोरी सोनिया अच्छामी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख (एसपी ) विनोद सिलवालले जानकारी दिए।
छिमेकीकोे घरमा टर्च लाईट लिन जादाँ चितुवाको आक्रमणबाट अच्छामी घाइते भएको एसपी सिलवालले बताए। चितुवाको आक्रमणबाट घाइते बालिकाको घाँटीमा चोट छ। लक्ष्मी अस्पताल डुम्रेमा बालिकाको घाँटीमा आठवटा टाका मारेर थप उपचारको लागि भरतपुर स्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको प्रहरी उपरिक्षक सिलवालले बताए।
भानुमा दई वर्षको अन्तरालमा चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको मृत्यु भइसकेको छ। चितुवाको निरन्तर आक्रमण बढेपछि भानु क्षेत्रका स्थानीयहरु त्रसित छन्। चितुवा नियन्त्रणको लागी स्थानीयहरुले सरकारसंग पटकपटक माग गरिरहेका छन्।
प्रकाशित: २ कार्तिक २०७६ १६:०६ शनिबार