६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जिप दुर्घटना हुँदा २३ घाइते

धादिङ। दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्। जिपमा ३० जना सवार रहेको बताइएको छ।

कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ। थप विवरण आउन बाँकी छ। रासस

प्रकाशित: १४ कार्तिक २०७६ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App