२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

चाबहिल चोकमा पुरानो घर भत्किए पछि डोजरले सफा गर्दै। तस्विर : डुक्पा छिरिङ मोक्तन

काठमाडौं- काठमाडौंको चाबिहिलस्थित मुल सडककै पुरानो भत्किदा २ जना गम्भिर घाइते भएको छन्। पुरानो घर भत्काउँदै गर्दा सडकमा हिड्दै गरेका दुई जना पैदल यात्रु घाइते भएको हुन्।  

बुधबार दिउँसो १२ जबे तिर उक्त घर भत्किएको हो। घाइते एक जनाको अवस्था भने गम्भिर रहेको  वडा अध्यक्ष शुद्ध डंगोले बताए। घाइतेको  वीर अस्पताल र मेडिकेयरमा उपचार भइरहेको डंगोले बताए। घर भत्काउँदा जस्ताले बारीएको थिएन। जसले गर्दा आज यस्तो दुर्घटना हुन पुग्यो उनले बताए।

घर भत्काउँदा पैदल यात्रु दिपक तामाङ र टिफिन होमका कर्मचारी रामबहादुर कुँवार घाईते भएको प्रहरीले बतायो। चावहिल चोकबाट सय मिटर दायाँ पट्टीको पुरानो घर भत्काउँदै गर्दा एक्कासी ढलेको थियो। घर भत्काउँदा घरधनी र ठेकेदारले कुनै पनि सुरक्षा नअपनाएको ले घटना भएको स्थानीयवासीको भनाई छ। चार दिनदेखि पुरानो घर भत्काउन थालिएको थियो। तर , बुधार घर भत्काउने क्रममा एक्कासी ढलेपछि सडकमा हिड्ने पैदल यात्रुको घाइते भएको अध्यक्ष डंगोले बताए।

 

 

 

प्रकाशित: ६ कार्तिक २०७६ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App