१२ आश्विन २०८१ शनिबार
image/svg+xml

डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड (फोटो फिचर)

प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।

सम्झौता कार्यान्वयन अवस्था सार्वजनिक गर्न आयोगको माग

चिकित्सा शिक्षा सुधारका लागि सरकार र डा. गोविन्द केसीबीच विगतमा भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ ।

डा. केसीको समर्थनमा प्रदर्शन

चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। झरीको पनि प्रवाह नगरी केसी समर्थक सडकमा आएका हुन्।

सत्याग्रहीको सम्मान

डा. केसी अपराधी हैनन्। उनी डन पनि हैनन्। उनका पछि गुण्डा पनि छैनन्। न उनी हतियार बोकेरै हिँड्छन्। तर पनि सरकार किन यतिविधि डराउँछ उनीसँग ?

केसीको जीवन रक्षा गर्न माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सक गोविन्द केसीका जायज माग पूरा गरी उनको जीवन रक्षा गर्न सरकारलाई अपिल गरेको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसको अपिल, डा. केसीसँग तत्काल वार्ता गर

नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका हुन्।

डा. केसीमाथि प्रहरी जबर्जस्ती: विरोधपछि ट्रमाबाट शिक्षण अस्पताल लगियो

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको छ।

माइतीघरमा ‘१०० डा. गोविन्द केसी’

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

डा. केसीको व्यवहार एकातर्फ हेर्ने अर्कोतर्फ गर्ने जस्तो भयो : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डा. गोविन्द केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी गरेका छन्।

डा. केसीको प्रश्न : यो गुण्डागर्दी हो ?

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आफुलाई जवर्जस्ति ट्रमा सेन्टर पुर्याएको बताउँदै शिक्षण अस्पताल लैजान आग्रह गरेका छन्।

डा. केसीको स्वास्थ्य झन् कमजोर बन्दै

चिकित्सा शिक्षा सुधारका लागि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा सोमबार बेलुकादेखि भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो।

स्वास्थ्य बिग्रएपछि डा. केसीलाई काठमाडौं लगिँदै

चिकित्सा शिक्षा सुधारका लागि कर्णालीको जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सोमबार नेपालगन्ज पु¥याइएको छ। आठौं दिनसम्म अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि काठमाडौं लान लागिएको छ। सोमबार अबेर भएपछि डा. केसीलाई नेपालगन्जमै राखिएको छ।

डा. केसीको मागमा कांग्रेसको ऐक्यबद्धता

नेपाली कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत अभियन्ता डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ।

डा. गोविन्द केसीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थमा प्रदर्शन भएको छ। आइतबार ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले माइतीघर मण्डलामा प्रर्शन गरेको हो।

अनशनरत डा. केसीलाई सास फेर्न गाह्रो

मुटुको चाल अनियमित बनेपछि डा. गोविन्द केसीलाई सास फेर्न गाह्रो भएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्