२६ पुस २०८१ शुक्रबार
image/svg+xml

‘अब डोकोमा पानी बोक्नुपर्दैन’

गण्डकी प्रदेशमा डोकोमा गाग्री बोकेर खानेपानी जोहो गर्नुपर्ने बाध्यता छ भन्दा अचम्म लाग्ला। गण्डकीमा दुर्गम क्षेत्रमा मात्र होइन कास्कीकै कतिपय ग्रामीण क्षेत्रमा डोकोमा गाग्री बोकेर ल्याएको पानीले स्थानीयको प्यास मेट्नुपर्ने नियती ज्यूँका त्यूँ छ।

फोहोरको दुर्गन्धदेखि क्रिकेटको सुगन्धसम्म

उतिबेला मूलपानी फोहोरमैला फाल्ने ठाउँ भनेर चिनिन्थ्यो। अहिले कसैले घर कहाँ? भनेर सोधे स्थानीयले निर्धक्कसँग ‘क्रिकेट मैदानछेउ’ भन्ने जवाफ दिन पाएका छन्।

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ। बागलुङ नगरपालिका-३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ।

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

कर्णाली नदीमा पानीको बहाव बढ्दैः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ।

राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द

बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ। यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो।

खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।

धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

वातावरणीय प्रभाव र जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या भयोः मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन्।

‘पानी तान्ने मोटर’ भित्र पनि सुन !

करिब एक सय किलो सुन ‘ब्रेक सु’ मा हालेर तस्करी गरेको रेडी ट्रेडले मेकानिकल मोटर (पानी तान्ने मेसिन) भित्र पनि सुन राखेर तस्करी गरेको आशंका गरिएको छ।

वीरगन्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ। महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो।

खानेपानी कार्यालयमा सेवाग्राहीको गुनासो

लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन्।सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पुर्‍याउन नसेको खानेपानी कार्यालयले जनाएको छ।

पानी संकटले छटपटाउँदै मधेस

कमला नदीपूर्वको कर्जन्हा नगरपालिका बन्दिपुर टोलका मुक्तिलाल सिंह (६०) लाई सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ, त्यो हो ‘कमला नदीको जल’। जल अर्थात् कमला नदीको पानी खेतसम्म पुग्नेगरी भरपर्दो सिँचाइको व्यवस्था।

पानीजहाज कार्यालय खुलेको पाँच वर्षसम्म पनि बनेन कानून

सरकारले नेपालमा आन्तरिक जलमार्ग पहिचान गरी पानीजहाज सञ्चालन गर्न पानीजहाज कार्यालयको स्थापना गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो तर अझै कानुन बन्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्