१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कर्णालीको सुखद सन्देश

कर्णाली प्रदेश अस्पतालले यतिखेर काठमाडौँमा गरिने मिर्गौला प्रत्यारोपण गर्छ।अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा उपलब्ध गराउँछ। अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान पनि गर्छ।

पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

योजनाको मूल्यांकन कम गरेको भन्दै इन्जिनियरमाथि कुटपिट

योजनाको मूल्यांकन कम गरेको भन्दै सानीभेरी गाउँपालिका –३ घर भएका ठेकेदार तथा रुकुम (पश्चिम)का वाईसियल नेता गोविन्द ओलीले कुटपिट गरेका हुन्।

स्वार्थ बाझिनेलाई रोजेको समिति

दलहरूले समितिमा रहने सदस्यमध्ये केही सांसदको उनीहरूको इच्छाअनुसार स्वार्थ बाझिनेगरी राखिएको छ भने केहीलाई सोध्दै नसोधी समितिमा राख्ने गरेको पाइएको छ। यसको जाँच संसद् सचिवालयले गरेको देखिएको छैन।

खण्डहर तातोपानी: ‘माथि भिर तल खोला, के गरेर खाने होला?’

भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ। सुनसान र खण्डहर बनिसकेको छ। मितेरी पुलसँगै जोडिएको लिपिङ विपद्पछि शोकमा डुबे जस्तो भएको छ। एकनास सुसाएको भोटेकोशी र आकलझुकल चल्ने सवारी साधनबाहेकको आवाज त्यहाँ सुनिंदैन।

लाइसेन्सका काम अनलाइनबाटै

सरकारले सवारी चालक अनुमतिपत्रको राजस्व भुक्तानीका लागि विद्युतीय सेवा (अनलाइन प्रणाली) यातायात व्यवस्था कार्यालय कास्कीबाट शुभारम्भ गरेको छ ।

वन ऐन संशोधन विधेयक जलविद्युत् आयोजना प्रतिकूल

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा वन ऐन, २०७६ संशोधन विधेयकमा राखेका प्रावधान संसद्बाट जस्ताको तस्तै पारित भए जलविद्युत्सहित अन्य विकास निर्माण आयोजना निर्माणमा झनै जटिलता थपिने देखिएको छ।

समिति सभापतिमा सत्तारूढ दलभित्रै विवाद

सत्तारूढ दलभित्रै सहमति नभएका कारण समितिको सभापति निर्वाचनमा ढिलाइ भएको स्रोतको भनाइ छ।

राहत, क्षतिपूर्ति र पुनः निर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

स्थानीय तहमा पूर्वाधार केन्द्रित बजेट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

संसद्प्रति सरकार किन अनुदार?

संसद् जनप्रतिनिधिमूलक संस्था हो। सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्छ। तर सरकारले संसद्लाई सहयोग नगर्दा संसदीय कामहरू प्रभावित हुँदै आएको विगत छ।

काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताएका छन्।

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि शुरु भएको छः भौतिकमन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन्।

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।

प्रधानन्यायधीश कार्कीका चुनौती

प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाको स्पष्ट सन्देश हो, ‘सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा रहन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्