८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्थानीय तहमा पूर्वाधार केन्द्रित बजेट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार ९६७ रूपैयाँको बजेट ल्याएको छ। यो बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै एक अर्ब बढी हो।

नगरउपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने उद्देश्यसहित बजेट तयारी गरिएको बताए। ‘उपमहानगरपालिकाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा आवश्यक बजेट छुट्याएका छौं,’ उनले भने।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिका बनाउने लक्ष्य राखेर बजेट ल्याएको छ। यसका लागि शहर केन्द्रित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाले चालुतर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार, पुँजीगततर्फ १ अर्ब २५ करोड ८९ लाख ९६७ र वित्तीय समानिकरणतर्फ ३ करोड २५ लाख बजेट विनियोजन गरेको छ।

‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नाराका साथ नगरपालिकाले उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना सञ्चालन गर्ने, प्रदेश स्तरीय कर्णाली बसपार्क निर्माण गर्ने, नगरपालिकालाई प्रविधिमैत्री बनाउन युट्युव च्यानल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

‘प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरलाई आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनावद्ध शहरी सुविधायुक्त, सामाजिक रूपले समावेशी, वातावरणीय रूपले स्वच्छ, व्यवस्थापकीय रूपले व्यवस्थित राजधानीका रूपमा विकास गर्ने लक्ष्य अनुसार बजेट छुट्याएका छौं,’ उनले भने, ‘अधिकांश बजेट पूर्वाधार केन्द्रित छ।’

नगरपालिकाले उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरेर ल्याउन सात करोड रूपैयाँ छुट्याएको छ। राजधानी केन्द्रित शहरी सौन्दर्य वृद्धि गर्ने पूर्वाधार निर्माणमा पनि नगरपालिकाले जोड दिएको छ।

नगरपालिकाले उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी नदीको पानी लिफ्ट गरेर ल्याउन सात करोड रूपैयाँ छुट्याएको छ।

शहरका चोक सुधारका लागि ५० लाख, फुटपाथ सजावटका लागि २० लाख घण्टाघर पार्क सुधारका लागि ७० लाख, पार्किङ व्यवस्थापनका लागि ५० लाख ट्राफिक लाइट व्यवस्थापनका लागि ४० बजेट छुट्याइएको छ। उपप्रमुख खनालले पूर्वाधार विकासतर्फ ३१ करोड ४८ लाख १० हजार विनियोजन गरिएको बताए।

दुल्लु नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को लागि विनियोजन गरेको रकममध्ये पूर्वाधारलाई जोड दिएको छ। ९२ करोड ८३ लाख ५६ हजार २७ रूपैयाँको बजेट ल्याएको नगरपालिकाले चालुतर्फ ७० करोड १० लाख ९३ हजार र पुँजीगततर्फ २२ करोड ७२ लाख ६३ हजार २७ रूपैयाँ छुट्याएको छ।

पूर्वाधार विकासतर्फ वडा कार्यालयमार्फत ८ करोड ४० लाख छुट्याइएको छ। साझेदार पूर्वाधार कार्यक्रममार्फत ३ करोड ३८ लाख ५९ हजार छुट्याइएको छ भने २ करोड रकम अस्पताल र विद्यालय निर्माण पूर्वाधारमा विनियोजन गरिएको दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख भरत रिजालले बताए।

दुल्लु नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को लागि विनियोजन गरेको रकममध्ये पूर्वाधारलाई जोड दिएको छ।

पूर्वाधार विकासतर्फ नगरको बजेट केन्द्रित भए पनि बाढी पहिरो नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा नगरको बजेट पुगेको छ।

नगर प्रमुख रिजालका अनुसार पञ्चकोसी पर्यटन पूर्वाधार विकासलाई नगरले मुख्य कार्यक्रमको रूपमा राखेको छ। पूर्वाधारमा दुल्लु नगरले सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका कार्यक्रमलाई समेटेको छ।

दैलेखको नौमुले गाउँपालिकाको ४८ करोड ५० लाख बजेट विनियोजन गरेको छ। जसमा सामाजिक विकासमा बढी बजेट विनियोजन गरिएको छ दोस्रोमा पूर्वाधार विकासमा रहेको प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए।

दैलेखकै नारायण नगरपालिका दैलेखले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट ५८ करोड १९ लाख ६७ हजार ६ रूपैयाँ सार्वजनिक गरेको छ। जसमा पुँजीगततर्फ १२ करोड ९० लाख ६८ हजार ७ सय र चालुतर्फ ४५ करोड २८ लाख ९८ हजार ३ सय ६ रूपैयाँ रहेको छ।

नगर प्रमुख रिजालका अनुसार पञ्चकोसी पर्यटन पूर्वाधार विकासलाई नगरले मुख्य कार्यक्रमको रूपमा राखेको छ। पूर्वाधारमा दुल्लु नगरले सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका कार्यक्रमलाई समेटेको छ।

प्रस्तुत बजेटमा पूर्वाधार विकासतर्फ ७ करोड ५ लाख ९० हजार ७ सय रूपैयाँ विनियोजन गरिएको छ। बजेटको सबैभन्दा धेरै रकम नारायण नगरपालिकाले पूर्वाधार विकासतर्फ विनियोजन गरेको नगर प्रमुख लोमन शर्माले बताए। नारायण नगरपालिकाले पूर्वाधारपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको हो। कर्णाली प्रदेशमा नारायण नगरपालिका सुर्खेतको वीरेन्द्रनगरपछि २०५२ सालमा स्थापना भएपनि विकासको हिसावले पछि परेको नगरपालिका हो।

दैलेखको आठवीस नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४९ करोड ७५ लाख रूपैयाँको बजेट ल्याएको छ। योमध्ये पुँजीगततर्फ १९ करोड ९० लाख रूपैयाँमध्ये नगरपालिकाले पूर्वाधारतर्फ ९ करोड ९५ लाख रूपैयाँ छुट्याएको छ।

उत्तरको छिमेकी चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाले पनि पूर्वाधार केन्द्रित बजेट ल्याएको छ। नाम्खा गाउँपालिकाले चीनसँगको मुख्य नाका हिल्सालाई हिमाली शहरको रूपमा विकास गर्नुका साथै वडा नं. ५ को लिमी भ्यालीलाई पर्यटकीय हवको रूपमा विकास गर्ने लक्ष्य राखी बजेट छुट्याएको उपाध्यक्ष तक्दिर लामाले बताए।

दैलेखको आठवीस नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४९ करोड ७५ लाख रूपैयाँको बजेट ल्याएको छ। योमध्ये पुँजीगततर्फ १९ करोड ९० लाख रूपैयाँमध्ये नगरपालिकाले पूर्वाधारतर्फ ९ करोड ९५ लाख रूपैयाँ छुट्याएको छ।

‘योसँगै वडा नं. १ र ४ का केही गाउँहरू सडक सञ्जालसँग जोडिएका छैनन्,’ उनले भने, ‘ती गाउँमा सडक पुर्‍याउने ध्येय राखी बजेट विनियोजन गरिएको छ।’ नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ करोड ३८ लाख २८ हजार दुई सय रूपैयाँको बजेट ल्याएको छ। त्योमध्ये सडक पूर्वाधारतर्फ दुई करोड ३५ लाख रूपैयाँ बजेट छुट्याइएको जानकारी उपाध्यक्ष लामाले दिए।  

प्रकाशित: ११ असार २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App