१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्बपति सांसद चौधरी भन्छन्ः भाषणको होइन विकासको राजनीतिमा विश्वास गर्छु

‘नवलपरासीलाई नमुना क्षेत्र बनाउँछु’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरीले आफू भाषणको नभई विकासको राजनीतिमा विश्वास गर्ने बताएका छन्।

शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।चौधरी नवलपरासी(बर्दघात सुस्ता पश्चिम)–१ बाट निर्वाचित प्रधिनिधिसभा सदस्य पनि हुन्।

 ‘अबको राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ। म त्यसैमा विश्वास गर्छु,’ चौधरीले भने,‘म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिद्धद्ध भएर लागेको छु। यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन।’ उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए।

नवलपरासीमा रहेको डुबान समस्या समाधानका लागि गण्डक परियोजनाको काम सुरु भइसकेको नेता चौधरीले बताए। ‘यो क्षेत्रमा डुवानका कारण वर्षौंदेखि हजारौं विघामा लगाइएको बाली नष्ट हुने गरेको छ। हजारौं किसान घरबारविहीन हुने गरेका छन्। यो विडम्बनाको अब अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने। निर्माणधीन यो योजनाले अब सार्थकता पाउने उनले विश्वास गरे।  

यस्तै किसानले सधैँ भोग्दै आएको मल अभाव हटाउन आफू सुरुदेखि नै सरकारसँग संवाद गरिरहेको सांसद चौधरीले बताए । उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चिताका लागि काम भइरहेको जनाए । उनले भने, ‘सुरुदेखि नै हामी विभिन्न सामाजिक कार्यमार्फत् यहाँका जनतासँग जोडिरहेका छौं ।

युवा र महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यसका लागि सबैको हातेमालो आवश्यक हुन्छ।’ चौधरीले साना तथा मझौला उद्योगको स्थापना, ट्रमा सेन्टर निर्माण, चिसापानी अस्पतालको स्तरोन्नति, युवालाई प्राविधिक शिक्षालगायतका दर्जनौं कार्यहरू भइरहेको दाबी गरे।

प्रकाशित: ८ असार २०८१ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App