६ मंसिर २०८१ बिहीबार
image/svg+xml

घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ।

‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गरेका छन्।

नवलपरासीमा अठार करोड लागतमा अस्पताल निर्माण गरिँदै

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा १८ करोड लागतमा आधारभूत अस्पताल निर्माण थालिएको छ। सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो।

गैँडाको आक्रमणबाट बोटेको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

बाँसको र्‍याक बनाएर जीविकोपार्जन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन्।

दसैँको किनमेल स्थानीय हाटबजारमा

नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको छ। सहरी क्षेत्र सुनसान बन्दै गएको बेलामा गाउँघरका पसल तथा बजारहरु स्थानीयको किनमेलको केन्द्र बन्ने गरेको छ।

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो।

‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’

बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।

नवलपरासीमा ९३ प्रतिशत सकियाे रोपाइँ

जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ।

सुस्तामा भेटिएका दुवै शवको पहिचान खुल्यो, एकजना भरतपुरका एकजना रौतहटका

त्रिवेणीस्थित सुस्ता नहरमा आइतवार फेला परेका दुवै शवको पहिचान खुलेको छ।

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ।

अर्बपति सांसद चौधरी भन्छन्ः भाषणको होइन विकासको राजनीतिमा विश्वास गर्छु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरीले आफू भाषणको नभई विकासको राजनीतिमा विश्वास गर्ने बताएका छन्।

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ।

अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा

दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्