१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

युरोकप: आज पोर्चुगल र टर्की तथा चेक रिपब्लिक र जर्जियाबिच खेल हुँदै

युरोकप २०२४ अन्तर्गत आज दुई वटा खेल हुँदै छ। समूह एफ को खेलमा पोर्चुगल र टर्कीबिच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समय अनुसार यी दुई बिचको खेल आज राती ९ः ४५ बजेबाट सुरु हुनेछ।जारी प्रतियोगितामा दुवैको यो दोस्रो खेल हो। दुवै टोलीले पहिलो खेल जितेका छन्। आजको खेल जितेर अघिल्लो चरणमा जाने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिदैछन। पोर्चुगलले पहिलो खेलमा चेक चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने  टर्कीले जर्जियालाई ३–१ गोलले हराएको थियो।

यसै गरी समूह एफकै अर्का दुई टोली चेक रिपब्लिक जर्जियाबिच पनि आजै खेल हुनेछ। यी दुई बिचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे देखि सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा मैदानमा जानेछन।

प्रकाशित: ८ असार २०८१ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App