१७ असार २०८१ सोमबार
image/svg+xml

रुस-युक्रेन युद्धमा कोही विजेता हुँदैन: संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ।

युरोपियन कमिसनद्वारा युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ। युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताएका हुन्।

विश्व अर्थतन्त्रमा संकटका झिल्का

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापन गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ।

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ। युक्रेनको सरकारले सो कुरा जनाएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन्।

नेपाली राजनीति, अभिनेता र कलाकार

फरक पनि छ, नेता कम सिंगारिन्छ, अभिनेता बढी सिंगारपटारमा हुन्छ। नेपाली कलाकारहरू पनि राजनीतिमा सरिक भइरहेका छन्। तर कति सफल छन्, यसै भन्न सकिन्न। राजनीति र कलाकारिता दुवै फराकिला मञ्च हुन्।

युक्रेनका राष्ट्रपतिद्वारा रुसविरुद्ध थप नाकाबन्दीका लागि आग्रह

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ आइतबार युक्रेन पुगेका छन्। प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गरेको बताइएको छ।

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने

बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एक अन्तर्वार्तामा भनेका छन्।

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्।

अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने

अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ। अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गरेका छन्।

युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ। उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ।

विकासोन्मुख राष्ट्रका लागि आँधीबेहरी

खाद्यवस्तुको आकासिँदो मूल्य र भोकमरीले विश्वमा दंगा तथा राजनीतिक उथलपुथलको संभावना बढाउँछन्।

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

युक्रेनले भन्यो कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत

युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ।

युक्रेनमा चार दिन आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।

रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्