सरकारी जागिर पाएपछि एसिड पीडित युवतीमा खुसी
सरकारले रोजगारको व्यवस्था गरेसँगै भविष्यको चिन्ता बोकेका पीडितहरूमा हौसला मिलेको छ । यसले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने पीडितहरूको भनाइ छ । ‘हामी काम गर्न सक्छौं, एसिड आक्रमणमा पर्दैमा हामीले असक्षम भएका होइनौं, सरकारले हामीलाई बाटो देखाइदिएको छ,’ पवित्राले भनिन् । निगम सञ्चालक समितिले उनीहरूलाई निर्वाह खर्च पुग्ने गरी रोजगार दिएको हो ।