१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याउँदै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनेगरी कानुन आउने बताएका छन्। उनले अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताए।  

प्रधानमन्त्री ओलीले आज एसिड आक्रमणमा परेका १२ जनासँग भेट गरेका थिए। उक्त भेटमा गृहमन्त्री, कानुनमन्त्री, महान्यायाधिवक्ता र प्रहरी प्रमुखसमेत सहभागि थिए।

आक्रमणकारीले उपचार र क्षतिपूर्ति भराउनु पर्ने, सम्पत्ति रोक्का र भरनपोषणका विषयसहितको व्यवस्थासहितको कानुन बनाउनेमा जोड दिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार वीर शिक्षण अस्पतालमा एसिड पीडितको उपचार गराउने र खर्च सरकारले व्यहोर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन्।

यस्तै प्रधानमन्त्रीले पीडितहरुलाई सहुलियत ऋण दिएर व्यापार व्यवसायमा प्रोत्साहन गर्ने बताए।  

आक्रमणकारीलाई कारबाहीका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार पार्न कानून, न्याकय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।  

 

 

प्रकाशित: २५ भाद्र २०७७ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App