coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।

सलाम मुस्कान खातुन

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले मुस्कानलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानको छ । ‘म पीडामा भइरहेका बेला सबैभन्दा धेरै मलाई मेरो परिवारले साथ दिएको थियो,’ उनले भनिन्, ‘सबैको साथ र हौसलाका कारण ममा सकारात्मक परिवर्तन आएको छ ।’ सामाजिक सञ्जालमा सक्रिय उनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्यलाभको कामना गर्दै मुस्कुराइरहन आग्रह गरेका थिए ।

एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने कानुन ल्याउनुपर्छ : मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानुन संशोधन गरेर सार्वजनिक कडा सजाय दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। एसिड आक्राण गर्नेविरुद्ध कठोर कानुनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिकस्थलमा नै दण्डित गर्ने कानुन ल्याउनुपर्ने जिकिर गरेका हुन्।

एसिड आक्रमण गर्नेलाई झुण्ड्याउने कानून ल्याउनुपर्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानून संशोधन गरेर सार्वजनिक स्थलमा झुण्ड्याउने व्यवस्था गर्नुपर्ने बताएका छन। एसिड आक्राण गर्ने विरुद्ध कठोर कानूनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिक स्थलमा झुण्ड्याउने कानून ल्याउनुपर्ने जिकिर गरेका हुन।

मुस्कानलाई साहसी महिला पुरस्कार

दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

एसिड आक्रमणविरुद्ध अध्यादेश

अब एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ। कडा सजाय र जरिवानाले आपराधिक मनोवृत्तिका व्यक्ति निरुत्साहित हुन सक्छन्।

एसिड विक्री गर्न लाइसेन्स चाहिने

सरकारले एसिड विक्री वितरण, नियन्त्रण र नियमनबारे कानुन ल्याएको छ। कानुन अनुसार खुल्ला तेजाव विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ। कुनै पनि पेय पदार्थसँग मिल्दो बोतलमा एसिडलाई राख्नसमेत पाइने छैन।

एसिड आक्रमणबारे सरकारले ल्यायो अध्यादेश, यस्तो छ सजायको व्यवस्था

सरकारले तेजाब (एसिड) आक्रमणबारे कडा सजायको व्यवस्थासहित अध्यादेश ल्याएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्वन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो।

एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याउँदै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनेगरी कानुन आउने बताएका छन्। उनले अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताए।

अधिकार समितिको तथ्यांक : प्रेम सम्बन्ध सफल नहुँदा बदला लिन एसिड आक्रमण

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्यांक रहेको बताए। संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्