२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ।

यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो। विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक सञ्जालको प्रयोग भएकोले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन सम्बन्धमा सूक्ष्म पर्यवेक्षणका लागि इओसी नेपालको केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरिएको सो संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले जानकारी दिए।

आफूहरूले मौन अवधि सुरु भएयता डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण, उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेयरलगायतका गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उनको भनाइ छ।

यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट ३९ राष्ट्रिय संस्था र चार अन्तरराष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिइएको छ। रासस

प्रकाशित: २० फाल्गुन २०८२ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App