७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

अधिकार समितिको तथ्यांक : प्रेम सम्बन्ध सफल नहुँदा बदला लिन एसिड आक्रमण

नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ। बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताए।  संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको बताए।  प्रेम सम्बन्धमा खटपट आएका कारण ५ र अनुहार कुरुप बनाउने नियतले २ वटा एसिड आक्रमणका घटना घटेको पाइएको बताए।  

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताए। सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी घट्ने गरेको उनले बताए।  सरकारले बिक्रि वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उनले बताए।  

एसिड जस्ता रासायनिक पदार्थहरु आयात गर्ने उद्योग प्रतिष्ठान सम्बन्धि ऐन कानून भएपनि बिक्रि वितरणका लागि कुनै कानून छैन। नेपालमा सबै भन्दा बढी ब्याट्रि तथा इन्भर्टरहरुमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ। इलेक्ट्रोनिक तथा सोलार इभर्टर उपलब्ध हुने ठाउँहरुमा यो सुलभ रुपमा पाइन्छ। सरकारले एसिडको बिक्रि वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानूनी व्यवस्था गरे एसिड आक्रमणका घटनाहरुमा केहि कमी आउन सक्छ। एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा ८ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ।   

प्रकाशित: १९ श्रावण २०७७ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App