५ वैशाख २०८१ बुधबार

जलनका बिरामीले समयमै पाउँदैनन् उपचार, शरीरका अंगसमेत काट्नुपर्ने बाध्यता

जलनको उपचार नै महँगो पर्ने भएकाले धेरैलाई उपचार खर्च व्यहोर्न गाह्रो पर्ने नकर्मी बताउँछन्।

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।

महिला माथि एसिड प्रहार

कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ।

विषादीरहित भान्छा

काठमाडौँ उपत्यकाका किसानले तरकारीलाई रोग/कीराबाट जोगाउन विषादी हाल्दै आएबाट उपभोक्ताले कसरी सजिलै विषादी सेवन गरिरहेका छन् भन्ने देखिन्छ।

एसिड पीडित मुस्कानलाई पाँच लाख

एसिड पीडित पर्सा जिल्लाकी मुस्कान खातुनलाई थप उपचारकोलागि प्रदेश सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

मुस्कानलाई एसिड छ्याप्ने सम्साद मियाँ पुनः पक्राउ

२ वर्ष अगाडि वीरगन्जमा किशोरी मुस्कान खातुन उपर एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले पुनःपक्राउ गरेको छ।

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ।

एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने

जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ।

एसिडपीडित आरतीको दर्दः एसिड छ्याप्नेलाई सजाय, बेच्नेलाई सफाइ

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेका आरतीका पति सञ्जीवलाई कसुर ठहर गरेको हो। सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रै अर्को फैसला हुने उनले बताए।

श्रीमतीमाथि एसिड प्रहार गर्न नपाएपछि . . .

एसिड प्रहार गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले महानगरीय प्रहरी वृत गौशाला काठमाडौँको सहयोगमा पक्राउ गरेको हो।

घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान् प्रहरी नियन्त्रणमा

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४२ वर्षीय दीपक विकले ३८ वर्षीया आफ्नी श्रीमती दीपिका विकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सलाम मुस्कान खातुन

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले मुस्कानलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानको छ । ‘म पीडामा भइरहेका बेला सबैभन्दा धेरै मलाई मेरो परिवारले साथ दिएको थियो,’ उनले भनिन्, ‘सबैको साथ र हौसलाका कारण ममा सकारात्मक परिवर्तन आएको छ ।’ सामाजिक सञ्जालमा सक्रिय उनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्यलाभको कामना गर्दै मुस्कुराइरहन आग्रह गरेका थिए ।

एसिड आक्रमण गर्नेलाई कडा सजाय हुने कानुन ल्याउनुपर्छ : मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानुन संशोधन गरेर सार्वजनिक कडा सजाय दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। एसिड आक्राण गर्नेविरुद्ध कठोर कानुनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिकस्थलमा नै दण्डित गर्ने कानुन ल्याउनुपर्ने जिकिर गरेका हुन्।

एसिड आक्रमण गर्नेलाई झुण्ड्याउने कानून ल्याउनुपर्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानून संशोधन गरेर सार्वजनिक स्थलमा झुण्ड्याउने व्यवस्था गर्नुपर्ने बताएका छन। एसिड आक्राण गर्ने विरुद्ध कठोर कानूनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिक स्थलमा झुण्ड्याउने कानून ल्याउनुपर्ने जिकिर गरेका हुन।

मुस्कानलाई साहसी महिला पुरस्कार

दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्