६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

एनसेल कर प्रकरण अन्तरकथा

घटना करिब एक दशकअघिको हो। महेन्द्रनगरमा खोलिएको लारी डिस्टिलरीले राजनीतिक पहुँच र मुद्दा मामिलामा अल्झाएर राजस्व तिरेन। डिस्टिलरीका सञ्चालक भारतीय नागरिक मकबुल अहमद थिए। उनी राजस्व तिर्न अटेरी गरेरै बिते। राजस्व असुलीमा सरकारले निरन्तरता दिइरहेकै थियो। करिब दुई दशकको सरकारको प्रयासपछि अहमदका छोरा मुज्जफ्र अहमद मियाको नाममा विराटनगरमा रहेको जग्गा सरकारले लिलामी गरी ३ करोडभन्दा बढी रुपैयाँ असुली गर्‍यो।

नेपालकै विमानस्थलमा 'लुटिन्छन्' नेपाली

नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपालीहरु मारमा परेको भन्दै गैरआवासीय नेपाली संघले चर्को विरोध जनाएकाे छ। झिटीगुन्टाको नाममा काठमाडौंस्थित त्रिभुवन विमानस्थल अध्यागमनमा नेपाल सरकारले लागू गरेको उक्त नयाँ नियमप्रति प्रवासी नेपालीहरुले समते संघकाे विराेधमा समर्थन जनाउँदै विरोध सुरु गरेका छन्। सरकारको पछिल्लो कदमलाई मध्यपूर्व लगायतका देशमा कार्यरत नेपालीहरुले समाजिक संजाल मार्फत आलोचना सुरु गरेका हुन्।

हङकङमा फिल्म अवार्ड

पछिल्ला वर्षमा नेपालमा निर्माण हुने फिल्मको अवार्ड कार्यक्रम विदेशी भूमिमा हुने क्रम बढ्दो छ। नेपाली फिल्मको प्रवद्र्धन र बजारीकरण गर्न भन्दै विदेशमा अवार्ड आयोजना गर्ने लहड नै चलेको हो। यही क्रमलाई निरन्तरता दिँदै हङकङमा सन् २०१९ को जुनमा ‘एभरेष्ट इन्टरनेसनल फिल्म अवार्ड २०१९’ हुने भएको छ।

नेपाल–जापान संवादको तेस्रो शृंखला सम्पन्न

जापानमा रहेका नेपाली विज्ञ र नेपाली राजदूतावास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेस्रो शृंखला टोकियो इचिगायास्थित जाइका अन्तर्राष्ट्रिय सभा हलमा सम्पन्न भएको छ।

६ महिनामा टिआइएले कमायो दुई अर्ब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले चालु आर्थिक वर्षको ६ महिनामा दुई अर्बभन्दा बढी आम्दानी गरेको छ। विमानस्थलले उडान र गैरउडान शुल्कबाट आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म दुई अर्ब २० करोड २० लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको हो।

कांग्रेसमा तल्लो तहबाटै निर्वाचित हुँने व्यवस्था माग

नेपाली कांग्रेसका नेताहरूले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू तल्लो तहबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न माग गरेका छन्।

कृषि सामग्रीमा विषादीको मात्रा घटेको सरकारी दाबी

सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे।

पुलिसका दिनेशलाई सफलता

राष्ट्रिय टिमका पूर्वसदस्यसमेत रहेका नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

आन्दोलनका लागि तैयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

राजपा नेपालका अध्यक्ष मण्डलका चारजनाले संविधान संशोधनको पक्षमा अभिमत जाहेर गरेका छन्। रौतहटको चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालयको बुधवार उद्घाटन गर्दै राजपाको अध्यक्ष मन्डलका चार सदस्यले संविधान संशोधन अनिवार्य रहेको बताउँदै सरकारले संविधान संशोधन नगरे आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

भारतीय विश्वविद्यालयमा नेपालीलाई छात्रवृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराएको छ। यो छात्रवृति एकाध विद्यार्थीको लागि नभएर त्यस विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न भर्ना हुने सबै विद्यार्थीको लागि समान छात्रवृत्ति व्यवस्थाको घोषणा विश्वविद्यालयका उपकुलपति प्राडा राज सिंहले बताएका छन्।

कांग्रेस बैठक जारीः नेविसंघको विवाद आजै टुंगिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद टुंगो लगाउनेबारे छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कार्यसमिति म्याद हदको विवादले नेविसंघको महाधिवेशन हुन सकेको छैन्। महाधिवेशन नहुँदा नेविसंघ दुई धुव्रमा विभाजित भएको छ भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समेत अनिश्चित बनेको छ।

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सरकारलाई कांग्रेस सांसदको प्रश्नः भेनेजुएलाको पक्ष लिएर नेपालीलाई के फाइदा ?

नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्।  प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनै साइनो र सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी प्रश्न गरिन।

कांग्रेस कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रचण्डको वक्तव्य र वैचारिक लक्ष्मणरेखा

भेनेजुएला प्रकरणले नेपालको राजनीतिमा अनायास तरंग उत्पन्न गराएको छ। यो तरंग विचार आन्दोलनका सन्दर्भमा सुनामी नै भने पनि हुन्छ। प्रचण्डको वक्तव्यले नेपाल र अमेरिकासँगको सम्बन्धमा कस्तो असर पर्यो वा नेपाल र छिमेकीहरूसँगको सम्बन्धको जमिनलाई कता हल्लाइदियो वा नेपाल कुन अन्तर्राष्ट्रिय शक्ति गुटको कित्तामा प्रवेश भयो भन्ने प्रश्न स्वाभाविकरूपमा उठे पनि यी प्रश्नहरू गौण हुन् भन्ने मेरो बुझाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्