२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल अब किस्ताबन्दीमा बुझाउन सकिने

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत खपत गरेको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा उपलब्ध गराउने भएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत खपत गरेको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा लिन इच्छुक उपभोक्ताहरूलाई सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न÷बुझाउन बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्द सक्नेगरी यो किस्ताबन्दीको सुविधा उपलब्ध गराउने पनि प्राधिकरणले जनाएको छ।

प्रकाशित: ३१ असार २०८१ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App