२० आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तरीका पत्रकार आन्दोलित

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।

चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्।

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

जिप्रका रौतहटले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक विदाका दिन पनि सेवा प्रवाह गर्ने भएको छ। २०८० सालको सार्वजनिक विदाको दिन प्रवाह गरिने प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।

ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।

रोल्पा जिल्ला प्रशासनमा सिडियो बाहेक छैनन् अन्य अधिकृत

करिब डेढ महिना बढि समय बित्दा समेत सरकारले सहायक सिडियो र अन्य दुईजना प्रशासकिय अधिकृत पठाउन सकेको छैन।

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामबारे सेवाग्राहीलाई जानकारी दिन थालेको छ।

राहदानी सेवा चुस्त पार्न सिडिओको प्रयास, ‘बिचौलियामुक्त’ बनाउने दाबी

दिनभर सेवा लिन आएका सेवाग्राहीलाई साँझ ५ बजेसम्म पनि नसकिए राति १० बजेसम्म सेवा दिने गरिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेलले बताए।

प्रशासनद्धारा गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी

सोमबार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेपछि मंगलवार गोरखाका सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

काठमाडौं प्रशासनले सुरु गर्‍यो १० वटा सेवामा ‘टाइम कार्ड’

बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिक न्युजलाई जानकारी दिए।

भाटभटेनीलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ।

रोजगारीका लागि विदेशिने जुम्लाका युवायुवती बढ्दै

चालू आर्थिक वर्षको अहिलेसम्म ३ सय ८२ युवायुवतीहरू विदेशीएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्