२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

फाइल तस्वीर

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौं बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट तोकिए अनुसार नै तत्तत् स्थानमा गएर विवरण भर्न पनि काठमाडौं प्रशासनले अनुरोध गरेको छ। विभागले काठमाडौं बाहिरका नागरिकको हकमा दुई फरकफरक स्थानमा तोकेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गर्नुपर्नेछ। यस्तै राष्ट्रिय सभागृहमा काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका बागमती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भर्न सकिने सहायक प्रजिअ आचार्यले बताए। यसअघि ती क्षेत्रका नागरिकले काठमाडौं प्रशासनबाटै विवरण दर्ता गर्दै आएका थिए।

परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ।

प्रकाशित: ६ असार २०८० ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App