२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भाटभटेनीलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा  रहेको  भाटभटेनी सुपरमार्केटले  उपभोक्तालाई  बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ।

 कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन  तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ।

 जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा  उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो। अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए। 

प्रकाशित: १४ पुस २०७९ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App