३ माघ २०८१ बिहीबार
image/svg+xml

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

वीपीका पूर्वउपकूलपति डा.दासबाट एक करोड धरौटी माग

सोमबार बिशेष अदालतका न्यायधिशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दाससँग १ करोड धरौटी माग गर्ने आदेश दिएको थियो।

सहमति कार्यान्वयन ढिलाइ हुँदा बिपीमा तनाव बढ्दै

आन्दोलनरत पक्षले पछिल्लो समय सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो भने समय पूरा भएपछि आन्दोलनकारीले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै काम छोडेका छन्। जसकारण सर्वसाधारणले ओपिडीमा उपचार सेवा लिन पाएका छैनन् भने राजनीतिक दल र आन्दोलनरत पक्षबीच तिक्तता पनि बढाएको छ।

वीपी कोराइला प्रतिष्ठानको समस्या सुल्झाउन ९ बुँदे सहमति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुद्धिकरण अभियान २०७८, र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिपीको गतिरोध अन्त्य गर्न सहमति

प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको आरोप लगाई आइतबार सेवा ठप्प पारेको थियो।

वीपीमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा ठप्प, बिरामी भए निराश

प्रतिष्ठानमा शुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आजदेखि सेवा बहिष्कार गरेको हो।

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।

कुलपतिसमक्ष निवेदन दिएको भोलिपल्ट रजिष्ट्रारले दिए राजीनामा

प्रतिष्ठानका ६ जना सिनेटरहरुले ऐनमा भएको व्यवस्था बमोजिम चारैजना पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै कुलपति एवं प्रधानमन्त्रीसमक्ष निवेदन दिएको भोलिपल्ट शुक्रबार रजिष्ट्रार रेग्मीले राजीनामा दिएका हुन्।

बिपी प्रतिष्ठान धरानका रजिस्ट्रार प्राडा रेग्मीद्वारा राजीनामा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।

वीपी प्रतिष्ठानमा पदाधिकारीबाटै राजिनामा दिन दबाब

दुई महिनादेखि बन्धक रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकास दिन चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने दबाब बढ्दै गएको छ।

त्यो भव्य अभिनन्दन

महेन्द्रपुल चोक क्षेत्रमा कवि, साहित्यकार, लेखक, पत्रकार, समाजसेवी, व्यापारी, संगीतकार, विद्यालय, महाविद्यालयका छात्रछात्रा एवं शिक्षक समेतको ठूलो जमात भेला भयो। साहित्यकार, समाजसेवी, व्यापारीहरू पछाडि जुलुसमा भए। सो अवसरमा नगरका ठाउँठाउँमा विशेष द्वार अनि सडक दायाँबायाँ फूल अबिरले सजाइएका शुभ कलस एवं तामाका गाग्री सजाइएको देखिन्थ्यो।

वीपी प्रतिष्ठानमा अख्तियारकाे छापा

आयोगको केन्द्रीय कार्यालय टंगालबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।

महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटाको घर जीर्ण भइसकेको हुँदा रेट्रोफिटङ गर्न नमिल्ने भन्दै संग्राहलय बनाउन घर भत्काइएको तर्क गर्दै आएको थियो। रिटमा महाकवि देवकोटाको घर भत्काएर उनीसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षणको लागि तत्काल घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्चले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नुपर्ने भन्दै छलफलमा बोलाएको छ।

वीपीको सिनेट बैठक बोलाउन प्रतिष्ठानमा पत्राचार

आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।

सुधा अग्रवाललाई ‘महिला चिकित्सक’ सम्मान

सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ।राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्