८ पुस २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपी कोराइला प्रतिष्ठानको समस्या सुल्झाउन ९ बुँदे सहमति

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा केही समयमदेखि भएको गतिरोध अन्त्यका लागि कार्यदलले पेश गरेकाे प्रतिवेदन कार्यान्वय गर्न आइतबार सरोकारावालाबीच ६ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुद्धिकरण अभियान २०७८, र संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा उच्चस्तरीय समितिको प्रतिवेदन पेश गरेको, चिकित्सा शिक्षा आयोग र नेपाल मेकिडल काउन्सिलवाट प्रतिष्ठानले गरेको कामकारबाहीको निरिक्षण तथा अनुगमन सम्पन्न भएको, प्रतिष्ठानमा कार्यर उपकुलपति शिक्षाध्यक्ष, र निर्देशकलाई गतिरोध अन्त्य गर्नको लागि निर्देशन भएको सहमति भएको छ।

त्यसैगरी उपकुलपतिलाई प्राध्यापक उपाधिको प्रमणपत्र पेश गर्नको लागि पत्राचार भइसकेको, ६ जना कार्यकारी परिषदको सदस्यले सिनेटको बैठक बोलाउने बारेको निवेदन कुलपतिलाई दिए पश्चात सहकलुपतिको नेतृत्वमा समिति बन्ने क्रममा रहेको, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच रहेको मौजुदा कानुनमा रहेको आवश्यक संशोसधन गर्न प्राध्यपक डा.पराशर प्रसाद कोइरालाको नेतृत्वमा गठित मस्यौदा समितिको प्रतिवदेन २०७५ सार्वजनिक गरिएको, प्राध्यपक डाक्टर हरि लम्सालको संयोजकत्वमा गठित समितिले विश्वविद्यालय तथा प्रतिषठनको नियुक्ति मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन २०७६ सार्वजनिक गरिएको लगायतका सहमित भएका छन्।

प्रकाशित: २१ भाद्र २०७८ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App