८ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

मध्यमेवाको अडिट–१ देखि हेडवक्ससम्मको सुरुङमार्गमा ‘ब्रेक थ्रु’

ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्य मेवा जलविद्युत आयोजनाको अडिट–१ देखि हेडवक्ससम्मको १७ सय मिटर लम्बाइको सुरुङमार्गमा ‘ब्रेक थ्रु’भएको छ। यो सँगै आयोजनाको करिब ७५ प्रतिशत काम पूरा भएको मध्य मेवा जलविद्युत आयोजनाका वरिष्ठ व्यवस्थापक सुनील रेग्मीले जानकारी दिए। उनका अनुसार आगामी बर्ष आयोजनाको निर्माण कार्य पूरा गर्ने गरी काम अघि बढाइएको छ।

मेवा डेभलर्पस लिमिटेडले उक्त जलविद्युत आयोजना निर्माण गरिरहेको हो। यसको विद्युतगृह पनि भूमिगत रहने छ। मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा पर्छन्। आयोजनाको ग्रसहेट ४७१.४७ मिटर र डिजाइन डिस्चार्ज १८.६७ घनमिटर प्रति सेकेण्ड रहने छ। आयोजनाका लागि हेडरेस टनेल करिब ५ हजार ३ १४ मिटरको हुने छ । तेर्सो र ठाडो गरी करिब ३ सय ९३ मिटर पेनस्टोक पाइप राखिने भएको छ। करिब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मध्य मेवा अर्ध जलविद्युत आयोजना अर्ध जलाशययुक्त आयोजनाको रुपमा रहने छ। हेडवक्र्स साँवाको तेम्बामा र विद्युतगृह लप्सिबोटे मुनि रहेको छ।

आयोजनाबाट उत्पादित विद्युत् १०.७ किलोमिटर १३२ केभी डवल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढुङगेसाँघु सवस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना रहेको छ। त्यसका लागि विद्युतगृह देखि प्रसारण लाइन सम्मको दुरीमा करिब ३६ वटा टावर निर्माण गरिने भएको छ। जमिनको सतहबाट टावरको उचाइ न्यूनतम ३०.२६ मिटर तथा अधिकतम ३९.२६ मिटर हुने छ। आयोजनाको वार्षिक क्षमता ४३६.०९ गिगावाट आवर रहेको छ। पिक इनर्जी ७५.०२ गिगावाट आवर र ननपिक इनर्जी ६१.५९ गिगावाट आवर रहेको छ। 

प्रकाशित: ८ पुस २०८१ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App