८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–६ लाली बजारका ३७ वर्षीय मेहदी सहन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

गत भदौ २४ गते अदालतले अन्सारीलाई लागु औषध ब्राउन सुगर मुद्दामा ९ महिना १० दिन कैद सजाय र रु ५ हजार जरिवाना तोकेको थियो। अदालतले सजाय तोकेदेखि अन्सारी फरार रहेका थिए।

अन्सारी लुकीछिपी आफ्नै घरमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई कैद सजाय भुक्तान गराउन अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए। 

प्रकाशित: ८ पुस २०८१ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App